माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए ।

पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको उनले बताए । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ ।

यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ । स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading