प्रेमप्रसाद आचार्यको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन

रामेछाप अनलाइन रेडियो

काठमाडौं । मंगलबार आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

इलामको सूर्योदय नगरपालिका घर भएका ३७ वर्षीय आचार्यले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडी आफ्नै शरिरमा पेट्रोल हालेर आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । प्रहरीले आचार्यलाई उद्दार गरेर अस्पताल पुर्‍याएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाहको प्रयास गरेका थिए । तर, प्रहरीलगायत स्थानीयले उद्धार गरी उनलाई उपचारका लागि अस्पताल लगेका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।

आचार्यकाे शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आत्मदाह गर्नुअघि आचार्यले आफुले सबै उपाय लगाउँदा पनि केही उपलब्धि नभएपछि आफ्नाे भाेगाइ सहित सरकारलाई सुझाव दिदै लामो स्टाटस लेखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!