महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउदै

बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा आज राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन ।

चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

उनका अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा मंगलबार नेपालगञ्जमा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव  उद्धघाटन गरिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!