त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घु,स लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई प,क्राउ गरेको छ ।

शाखाका प्रबन्धक नवौँ तहका चुडाल सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घु,स मागेको सूचना एवम् उजुरीका आधारमा हिजो प,क्राउ परेका हुन् । उनको कार्यकक्षबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको र थप अनुसन्धान भैरहेको अख्तियार दु,रुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै घुस लिने गरेको पाइएको अ,ख्तियारको दाबी छ ।

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!