काठमाडौ । आज पश्चिम नेपालमा मौसम बदली भएर वर्षा तथा हिमपातकाे सम्भावना देखिएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि छ ।
आज राति पनि ती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जनसहित हल्का वर्षा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाे महाशाखाकाे भनाइ छ । भाेलि बुधबार पनि ती प्रदेशमा माैसम बदली नै रहनेछ ।
Discussion about this post