नेकपा एमाले त्यागेकी छैन, म फर्किन्छु : गंगा थारु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गङ्गा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्।

शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्।

उनले भनिन्, ‘मलाई एमालेले केन्द्रीय कमिटीबाट हटाएको छ। तर, म एमाले पार्टीमै छु। टाढा गएकी छैन। अहिले पनि पार्टीका अध्यक्ष केपीशर्मा ओलीसंग कुरा भैरहेको छ। म एमालेमै फर्किन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!