रामेछापमा अबैध १४४ पेटी चुरोट सहित २ जना पक्राउ

रामेछाप अनलाइन रेडियो

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रुपमा चुरोट विक्री वितरण गर्न हिडेका २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकावानपुर हेटौडा उपमहानगपालिका १५ बस्ने वर्ष ३२ को राजकुमार लोप्चन र सोही ठाउँ बस्ने वर्ष २६ को कृष्ण कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार सिन्धुली खुर्कोटबाट मन्थली तर्फ आउदै गरेको बा प्र.०३००५ प ३७६६ र मधेश प. ०२ ०१३ प २५३१ नम्बरको मोटर साइकल मन्थली नगरपालिका ६ कुनौरीमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा राजश्व छली गरेर तथा चोरि पैठारी गरी ल्याइरहेको अवस्थामा एच-१०नामक चुरोट १४४ पेटी र खुल्ला ३४ पाकेट चुरोट सहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद भएको सामान,मोटरसाइकल र चालक सहित राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!