दोलखामा जिप दुर्घटना जिप दुर्घटना ८ जना घाइते

रामेछाप अनलाइन रेडियो

रामेछाप दोलखामा जिप दुुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

कालिञ्चोक गाउँपालिका ८ स्थित सोतीमा ३६९८ नम्बरको योद्धा जिप दुर्घटना हुँदा ८ जना घाइते भएकको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

आज बेलुकी सिंगटीबाट जिल्ला सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।

उनीहहरुलाई उपचारका लागि चरिकोटतर्फ पठाइएको कालिञ्चोक ८ का वडाध्यक्ष सूर्य बहादुर आचार्यले बताउनुभयो । यद्धपी, घाइतेहरुको अवस्था बारे केही खुुलेको छैन । उनीहरुको नाम र ठेगना पनि खुलेको छैन ।

जादा जाँदै हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!