भोट माग्दा गरेका वाचाहरुको हेक्का छ, फरार भएका सबै समातिन्छन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका सबै पुराना आरोपीहरू समातिने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधासहित गृहमन्त्री बनेसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले आफुले हिजो बोलेका शब्द शब्दको हेक्का रहेको बताएका हुन् ।

अपराध गर्ने र भ्रष्टाचार गर्नेको चर्को आलोचना गर्दै आएका लामिछानेले आफु सरकारमा गए त्यस्ता क्रियाकलापमा सम्लग्न कसैलाई पनि कार्बाहीमा छुट नहुने अभिव्यक्ति दिंदै आएका थिए ।

नयाँ सरकार गठन भएसँगै गृहमन्त्री बनेका लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला आज शनिबार सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पुराना आरोपी समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् ।

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, पुराना’फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।

मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ।। थोरै पर्खिनु चाहिँ पर्छ!!

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी-१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए ।

संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

जादा जाँदै हेर्नुस् भिडियो :

https://youtu.be/oHPQYM-AUs4

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading