मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन सकेन

रामेछाप अनलाइन रेडियो

काठमाडौं । मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेर फर्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकता पुगेको हो ।नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकतामा अवतरण गरेको छ ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।यसअघि, बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढ विमानस्थलमा अवरतण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

जादा जाँदै हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!