राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ र राष्ट्रिय सहमति हुनुपर्छ’-ओली

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नुभएको छ । सत्तारूढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको उहाँको भनाइ छ ।

बिहीवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो ।’

अध्यक्ष ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको सङ्केत भएको बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडाभित्र राख्न खोजेको टिप्पणी गर्नुभएको थियो । शर्माको त्यो अभिव्यक्तिलाई ओलीले अशुभको सङ्केतको रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानव समाज विभिन्न बन्धनबाट बाँधिएको हुन्छ । सामाजिक बन्धन हुन्छन् । इमानका बन्धन हुन्छन् । धर्मका बन्धन हुन्छन् । वाचाका बन्धन हुन्छन् । प्रचलनका बन्धन हुन्छन् । यी बन्धनहरूबाट समाज बाँधिएको हुन्छ ।
संविधान आवधिक कुरा हुन्छ । तर सामाजिक प्रचलन, वाचा, बन्धन, नैतिक बन्धन आदि कुराहरूको बन्धन चाहिँ स्थायी बन्धन हुन्छन् ।

यो समाजले लामो समय लगाएर बनाएको हो । त्यस कारण फुक्काफाल मन पराउने, जसो गरे पनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानीछानी भोट दिन मिल्ने, अर्को पार्टीको विरोध गर्नुपर्ने, सरकारको समर्थन गर्ने, सरकारमा हिस्सेदारको विरोध गर्ने यस खालका कुरा संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले भनेको कुरा पनि उल्लेख गरेको सुनियो ।

संयन्त्र बन्नु पर्दैन । यो संविधानले नचिन्ने कुरा किन गर्ने भनेको कुरा स्मरण गर्दै बोलेको पनि सुनियो ।बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, प्रणालीमा नबाँधिने कुरा, प्रबन्धभित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्ने कुरा यो नै अशुभको सङ्केत हो ।’

ओलीले यसअघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिने क्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको बताउनुभयो ।

जादा जाँदै  हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!