पोखरा विमान दुर्घटना अपडेट : १० जना नेपाली र २ जना कोरियन नागरिकको शव बुझाइयो

रामेछाप अनलाइन रेडियो

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौं ल्याइएकामा १२ जनाको परीक्षण ( पोष्टमार्टम ) गरी आज परिवारलाई बुझाइएको छ ।

माघ १ गते, आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन – एएनसी – एटिआर – ७२ – ५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।

काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र २ शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ।

चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ, भने बाँकी एकको खोजी जारी रहेको छ ।

जादा जाँदै हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!