विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

निराज रानाभाट
ललितपुर ।  मेरो एग्रो प्रा.लि. ले विषादी रहित खाद्यान्न भण्डारण कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा आज ललितपुरको होटल हिमालयमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।

कम्पनीले लामो समयदेखि विषादी रहित खाद्यान्न भण्डारणको लागि ग्रेन प्रो ब्याग, ग्रेन सेफ ब्याग, सुपर ग्रेन ब्याग, कोकुनका साथै छिटो छरितो सुकाउनको लागि सोलर बबल ड्रायर, कोल्यावसेवल ड्रायर र अक्सिजन नाप्नको लागि अक्सिमिटर, मोईस्चर मापनको लागि मोईस्चर मिटर, आदि बिक्री – वितरण गर्दै आएको छ ।

सरकारी एवम् गैरसरकारी व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा ब्यागको प्रभावकारीताको बारेमा प्रस्तुतिकरण गरिएको थियो । ग्रेन प्रोका लागि एसिया एण्ड मिडल ईस्ट कन्ट्रि म्यानेजर प्रविण गुप्ताले ब्यागको महत्व र यसको उपयोगिताको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मेरो एग्रो प्रा.लि.का संचालक श्रीकृष्ण श्रेष्ठले ग्रामिण किसानहरुको लागि हर्मेटिक ब्याग कृषि उपज भण्डारणको लागि एकदमै उपयुक्त र सरल माध्यम भएको जानकारी दिए ।

नेपाल जस्तो कृषि प्रधान मूलुकमा यस्को प्रभावकारीता अझ धेरै रहेको जानकारी गराउँदैं कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा.योगेन्द्र कुमार कार्कीले ग्रामिण क्षेत्रमा यसको उपलब्धता र प्रचार प्रशार गर्न सके खाद्यान्य परनिर्भरतालाई केहि हदसम्म कम गर्न सकिने बताए ।

कम्पनीले हर्मेटिक ब्यागको साथै खेतीको लागि आवश्यक पर्ने बीउ विजन, तालिम र प्रविधिमा समेत सहयोग गर्दै आएको कम्पनीको कार्यकारी निर्देशक बिनोद रंजितले जानकारी दिए ।

जादा जाँदै हेर्नुस् भिडियो :

https://youtu.be/BmehIe5aENk

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading