काठमाडौं । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसीको सिमै नरहेको बताएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत उल्लेख गरेकी छन् ।
ना’बालिका ब’ला’त्का’रको आरोपमा पल पक्राउ परेपछि पल निर्दोष भएको भन्दै विभिन्न अभियान समेत सञ्चालन गरेकी पुजाले पलको सफाइमा एकदमै खुसी देखिएकी छन् ।
ना’बालिका ब’ला’त्कार’को आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
एक बा’लिकालाई ब’ला’त्का’र गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई ब’ला’त्का’र मुद्दामा सफाइ दियो भने बालयौ’न दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
Discussion about this post