नेपाल मगर संघ दोरम्बा शैलुङ गाउँपालिकाद्धारा आयोजित एक कार्यक्रममा उपाध्यक्षलाई कुर्सी,वडा सदस्यलाई सोफा

रामेछाप अनलाइन रेडियो

रामेछाप । नेपाल मगर संघ दोरम्बा शैलुङ गाउँपालिकाद्धारा गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ ।

दोरम्बा शैलुङ गाउँपािकाको केन्द्र टोकरपुरमा आयोजित माघी सक्रान्ति मेलामा अतिथि आसन ग्रहण कार्यक्रममा दोरम्बा शैलुङ्ग गाउँपालिका–३ का निर्वाचित वडा सदस्य समेत रहेका एमालेका नेता तुला प्रसद कँडेल भन्दा पछिल्लो रोहमा उपाध्यक्ष खमला थापामगरलाई आसन ग्रहण गराइएको थियो ।

आयोजकले गाउँपालिकाको उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा राखेको विषय यति बेला सामाजिक सञ्जालमा बहसको विषय बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!