पोखरामा विमान दुर्घटनामा परी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र १० महिनाका छोराको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको विमान दुर्घटनामा मृत्यु भएको हो ।

उनीहरूका १० महिनाका छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए । जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!