पोखरामा विमान दुर्गममा परी पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको निधन

रामेछाप अनलाइन रेडियो

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा युवा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।

आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन—एनएनसी एटीआर विमान सेती खोचमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ३७ वर्षीय पौडेलको पनि निधन भएको पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सदस्य पौडेलको दुर्घटनामा निधन भएको खबरले महासंघ स्तब्ध र शोकमग्न भएको बताएका छन् ।

महासंघले उनको निधनबाट नेपाली पत्रकारिताले एक अनुभवी, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेको छ । ०७७ मा भएको निर्वाचनबाट उनी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं. ०७४ सालमा उनले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश शाखाको संस्थापक अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका उनले विभिन्न संचार माध्यममा काम गरेका थिए । उनका आमा, श्रीमती र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!