पोखरा विमान दुर्घटना : मृतककाे शव सोमबार मात्रै परिवारलाई बुझाउने

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतककाे शव गण्डकी अस्पतालकाे शव गृहमा राखिएकाे छ । ३ जनाकाे शव भने अझै भेटिएकाे छैन ।

शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसाे पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाडौं लगिने उनले बताए । पोखराका पहिचान भएका शव सोमबार बिहान ०९:०० बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताए ।

अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

त्यस्तै, यती एयरलाइन्सले जहाज दुर्घटनामा परेका यात्रुका आफन्त र परिवारका सदस्यले सम्पर्क गर्न सक्ने गरी फोन नम्बर सार्वजनिक गरेको छ ।

दुर्घटनामा परेका आफन्तले काठमाडौं विमानस्थलमा ०१-४४९३०१, पोखरा विमानस्थलमा ०६१-५९७०५५ र कल सेन्टरको फोन नम्बर ०१-५९७००७४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!