सुनकोशी नदीमा डुंगा दुर्घटना हुँदा एक युवकको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सिन्धुपाल्चोकमा कायाक (डुंगा) दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिकाका २७ वर्षिय विरवल राईको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार बलेफी गाउँपालिका वडा नम्बर ५ स्थित सुनकोशी नदीमा र्‍यापटिङ गर्ने क्रममा डुंगा अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको काभ्रेपलाञ्चोक धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बुढाथोकीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!