रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुषको शव भेटिएको छ । शव भेटिने लिखु तामाकोसी गाउँपालिका वडा नं ५ नागदका अन्दाजी ४५/५० वर्षीय गणेश नेपालीको शव भेटिएको ईलाका प्रहरी कार्यालय धोबिले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय धोबिले दिएको जानकारी अनुसार मृत भेटिएको शवको पहिचान पनि आफन्तजनले गरिसकेका र शवको पहिचान भएर पोस्ट मार्टमको लागि जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
नेपाली आफ्नो घरदेखि ६/७ सय मिटर पर सडक छेउमा अर्धनग्न उत्तानो अवस्थामा मृत भेटिएका थिए । यसरी मृत भेटिएका नेपालीको शरीरमा केही चोट भएको स्थानीयले बताएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार मृतक नेपालीको आफन्तले भने उनको हत्या गरिएको जिकिर गर्दै प्रहरीमा जाहेरी दिन खोजेका थिए । प्रहरीले भने,जाहेरीका केही शब्दहरू सच्चाउनु पर्ने भन्दै दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले बताए ।
सूचना अधिकारी ढकालको जानकारी अनुसार
‘शब्दहरू केही अलि लेख्न नमिल्ने लेखिएको थियो । सच्याएर ल्याउन भनेका हौँ । दर्ता हुन्छ । तर, प्रहरीले दर्ता गरेन भनेर हामीलाई दबाब पनि भएको छ । दबाब दिने विषय नै छैन । दर्ता हुन्छ । तर, घटना के कारणले भएको हो भनेर खुल्न बाकी रहेको उनलेे बताए ।’पोस्ट माट्म रिपोर्ट अनुसार हामी के आउँछ,रिपोर्ट त्यो हेरेर अगाडि बढ्छौँ उनले भने ।’
स्रोतका अनुसार नेपाली मादक पदार्थ सेवन गरेर यही धोबि बजारमा डुल्दै हिँड्ने गर्थे । तर, बिहीबार बिहान उनीसँगै (नाम परिवर्तित तामाङ) पनि उनीसँगै देखिएका थिए । नेपाली र तामाङबिच केही लफडा परेको र तामाङले नेपालीलाई २ झापड हिर्काएको खुल्न आएको छ । यसैले धेरैले तामाङले उनको हत्या गरेको आशङ्का गरेका छन् ।
आशंका गरेका तामाङ्लाई पनि ईलाका प्रहरी कार्यालय धोबिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
Discussion about this post