सन्दीप लामिछाने आज २० लाख धरौटीमा रिहा हुँदै

रामेछाप अनलाइन रेडियो

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्।

हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका हुन्।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो।

धरौटीमा रिहा भएपछि पनि उनले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ।

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए। उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो। त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

जाहेरी दर्ता हुँदा लामिछाने केन्यासँगको ट्वेन्टी(ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए।

यो पनि पढ्नु होस् :सन्दीपलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश, विदेश जान नपाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!