सन्दीपलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश, विदेश जान नपाउने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न अदालतले आदेश दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारवाही अघि बढाउने आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनको निवेदनउपर सुनुवाईपछि न्यायाधीश धु्रवराज नन्द ररमेश ढकालको संयुक्त अदालतले धरौटीमा उनलाई छाडन् आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो । त्यसयता लामिछानेलाई केन्द्रीय कारागार सुन्धारामा राखिँदै आएको थियो । उक्त आदेशको विरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतले गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो ।

बलात्कार मुद्दामा पीडित भनिएकी किशोरीको नाबालिग नरहेको सन्दीप पक्षका वकिलहरुको दावी छ । उनको जन्मदर्तामै विवाद देखिएको छ । सन्दीपलाई असार २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading