रामेछापमा दिउँसै सुन लुटपाट गरि फरार भएको युवक पक्राउ

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा दिउँसै सुन लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनापति गाउँपालिका–३ हिलेदेवीका २४ बर्षिय सोम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

हिजो दिउसा ११ बजे खाँडादेवी गाउँपालिका–७ बतासेकी ३५ बर्षिय सिता मगर आफ्नै घरको ढोका बन्द गर्ने क्रममा एक्कासी अपरिचित ब्यक्ति पछाडीबाट आई दुईवटा कानमा लगाएको सुनको रिङ लुटपाट गरेर फरार रहेका थिय।

फरार भएका व्यक्तिलाई खोजतलास गर्ने क्रमामा गाल्पाबाट खटिएको प्रहरीको टोलिले सुनापति गाउँपालिका २ फलामेपोखरी सामुदायिक बनबाट कानमा लगाउने रिङ थान २ सहित पक्राउ गरि थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!