रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।
ट्रक दुर्घटनामा परी गम्भीर घाइते हुनेमा गोकुलगंगा गाउँपालिका– ६ फर्पुका बर्ष ३५ को सोनाम तामांङ र बर्ष २८ का शंकर तामाङ गम्भीर घाइते भएका हुन् ।
मंगलबार बेलुका करिब ८ बजे लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ सिमलडाँडाबाट खिम्तीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २६६७ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते भएका २ जनाको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ । ट्रक सडकबाट २५ मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ।
Discussion about this post