काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धन भत्काउन च्याँखे थापेको बताएका छन् ।
उनले कांग्रेसको यो प्रयासलाई आफूहरुले सफल हुन नदिन पनि बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउन प्रयास गरिरहेको ओलीले खुलासा गरेका हुन् ।
उनले पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा भने, ‘उहाँहरुले वी विल कम ब्याक भन्नुभएको छ, विभिन्न पार्टीका नेताहरुलाई बोलाएर अबको प्रधानमन्त्री तिमी हो भन्नु भएको छ । उहाँहरुले च्याँखे थाप्नु भएको छ, हामी सफल हुन दिन्नौँ ।’
ओलीले अहिलेको सरकार नेपाली जनताले बनाएको भन्दै अब यो सरकार प्रभावकारी र सफल बनाउनु पनि आफ्नो दायित्व भएको बताएका छन् । उनले यो सरकारले सही नीति लिओस् भन्ने आफूहरुले चाहेको पनि बताएका छन् ।
Discussion about this post