नेपाली सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सेनाको टोलीले छापा मारेको छ । आर्थिक अनुशासन उल्लंघनको आरोपमा छानबिन गरिरहेको सेनाले छानबिनका क्रममा आवश्यक कागजात घरमा रहेको हुन सक्ने आशंकामा बिहीबार दिउँसो छापा मारेको हो ।

शाहीको बुढानीलकण्ठस्थित घरमा छापा कोर्ट अफ इन्क्वायरीको निर्देशनमा सैनिक प्रहरीको टोली पुगेको सैनिक श्रोतले पुष्टि गरेको छ । आवश्यक छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भइसकेकाले अब सबै प्रक्रिया त्यही टोलीबाट हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

उपरथी शाहीलाई सेनाले विभिन्न युनिटमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। चारित्रिक प्रमाण पत्र र नागरिकतामा एक वर्ष उमेर फरक परेपछि उपरथी शाहीको अवकाश मिति विवादमा परेको थियो ।

चारित्रिक प्रमाणपत्र अनुसार बुधबार (पुस २० गते)देखि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने गरी सेनाले अवकाशको पत्र दिएको थियो । सर्वोच्चमा रिट हालेर सेवामा फर्किएपछि उनीमाथि कारबाही अगाडी बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!