काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारबारे कुनै निर्णय गर्न सकेन ।
सोमबार र मंगलवार गरी दुइदिनसम्म चलेको पालिटब्यूरो बैठकले सरकारको विषयमा थप छलफल गर्नु पर्ने भएकाले त्यसको जिम्मा सचिवालयलाई दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
स्थायी समिति बैठकले सरकारमा जाने या नजाने भन्नेबारे टुंगो लगाउने जिम्मा पालिटब्यूरोलाई दिएको थियो, तर पालिटब्यूरोले पनि निर्णय गर्न नसकेपछि पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको हो । यसैगरी वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी पनि बैठकले केन्द्रीय सचिवालयलाई दिएको छ ।
वामपन्थी सहकार्य, एकता, मोर्चा बनाउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने गरी ठोस पहल कदमी गर्ने जिम्मा सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिनुभयो
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकार लगायत देशको समसामयिक राजनीतिका बारेमा पनि सदस्यहरुले धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई समर्थन गर्न र सरकारमा जानेबारे समाजवादी समक्ष लिखित रुपमा कुनै प्रस्ताव नराखेकाले त्यसबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको हो ।
Discussion about this post