दोलखामा टिपरले किचेर एक युवकको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा टिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको बैतेश्वर गाउँपालिका १ गैरीमुदीका स्थानीय २८ बर्षिय बिक्रम तमाङ रहेका छन् ।

तमाङलाई सोही वडाको जलेश्वर मन्दिर नजिकै बा ३ ख ८८०७ नम्बरको टिपर व्याक गर्ने क्रममा तामाङलाई किचेको बैतेश्वर १ का वडाअध्यक्ष भीम बहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्षले दिएको जानकारी अनुसार तामाङ जलेश्वर मन्दिरको सिँडि निर्माण गर्ने काममा खटिएका थिए । सिँडि निर्माण उपभोक्ता समितिका सदस्य रहेका उनको टिपरले किचेर घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष तमाङले बताउनुभयो ।

हाल तामाङको शब घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!