भारतमा कोठामा निसासिएर ३ नेपालीको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । भारमा तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।

मजदुरी गर्न भारत गएका नेपालीको भारतको उत्तरप्रदेशको मेरठमा रोजगारी गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए । बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!