मर्स्याङ्दी नदीमा बेपत्ता भएका लिखु तामाकोसीका महत अझै फेला परेनन्

रामेछाप । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी जवान अझै फेला पार्नु सकेको छैनन् ।

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार यहीँ पुष १५ गते शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार बेपत्ता भएका महतको खोजि कार्य भैरहेको भएपनि फेला पार्न नसकिएको लमजुङ प्रहरीले जनकारी दिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!