सोलुखुम्बुको सोताङबाट काठमाडौ आउँदै गरेको सुमो देउसामा दुर्घटना

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसा मुल्ठा भिरमा सुमो जिप दुर्घटना भएको छ ।

शनिबार बिहान सोताङबाट ९ जना यात्रु लिएर काठमाण्डौँ जाँदै गरेको ना १ ज ६५७२ नम्बरको सुमो जिप आज विहान अन्दाजी ६ बजे अन्यिन्त्रित भई सडकमै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट जिपको अगाडीमा भागमा क्षति पुगेको छ भने यात्रु सबै सकुशल रहेको थुलुङ दुधकोशी गाउँपालिका ८ का वडाध्यक्ष राजेश बावु किराँतीले जानकारी दिए ।

ब्रेक फेल भएर दुर्घटना भएको उक्त जिप मर्मतका लागि सल्लेरी ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!