लिखु तामाकोसीको एक युवक मर्स्याङ्दी नदिमा खसेर बेपत्ता

रामेछाप ।  रामेछापको लिखु तामाकोसी गाउँपालिका एक युवक मर्स्याङ्दी नदिमा खसेर वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – ४ विजुलिकोट निवासी बर्ष ३२ को अनन्त महत पिसाब फेर्ने क्रममा लडेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर वेपत्ता भएको हो ।

लमजुङको बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेको हो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर खोजतलास भइरहेको छ ।

महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । बेंसीसहरबाट शुक्रबार बिहान मनाङतर्फ गएका उनी पिसाब फेर्न जाने क्रममा मर्स्याङ्दी नदीमा लडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading