प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

रामेछाप अनलाइन रेडियो

काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । भेटमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भएको छ।

ओली सत्ता साझेदार दलको संयोजक भएर सत्ता साझेदार दलहरूबीचमा काम गरिरहेका छन् । ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुनेछन् ।

पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।प्रधानमन्त्री प्रचण्डसँगको आजको भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!