गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौ । आज तमु ल्होसार गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर मनाउँदैछन् ।

ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । तमु ल्होसार पर्व सुर्यको किरणसँग सम्बन्धीत छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की पर्वत लगायतका जिल्लामा सुर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सुर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारको अवसरमा सरकारले आज सावर्जनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading