काठमाडौ । देशभरका विभिन्न स्थानबाट १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोख्रेलले आजसम्म विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी ९१ र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए ।
मन्त्रालयले दिएको निर्देशन अनुसार केन्द्रबाट मात्र १९४ जना सुरक्षाकर्मी फिर्ता भएको पोखरेलले बताए । उनले भने,’कतिपय सुरक्षाकर्मी जिल्लाबाट आउँदै छन् । फिर्ता हुने क्रमश: जारी रहने छन् । भोलि-पर्सी पनि सुरक्षाकर्मी फिर्ता हुनेछन् ।’
रबि लामिछाने गृह मन्त्री भए लगत्तै मन्त्रालयले सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।
Discussion about this post