काभ्रेमा यात्रुबाहक बस दुर्घटना ११ जना घाइते

रामेछाप अनलाइन रेडियो

काठमाडौ । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको महाभारत गाउँपालिका-७ उदाउमेमा बस दुर्घटना भएको हो।

बनेपाबाट महाभारत गाउँपालिका गोकुले जाँदै गरेको बा४ख १९९६ नम्बरको बस बाटोमै पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी देबिटार प्रमुख प्रहरी निरीक्षक अर्जुन अधिकारिले जानकारी दिए ।

गम्भीर घाइते एक बालक र सबै घाइतेहरूको उपचार बनखु स्वास्थ चौकीमा भइरहेको अधिकारिले बताए। थप विवरण आउन बाकी ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!