उमेर बढाएर मलेसिया हानिएका भाइरल कलिला युवाहरुले पाए यस्तो काम…..

काठमाडौं । उमेर बढाएर मलेसिया हानिएका भाइरल कलिला युवाहरुले काम पाएको खबर छ । कलिला युवाहरुको तस्वीर सामाजिक संजालमा भाइरल नै बनेको थियो ।

विदेश जादै गर्दाको विमानस्थलको फोटो भाइरल भएपछी यि दुई मध्ये एक जनाले आफ्नो सामाजिक सन्जालमा यसो भनेका छन् ,आमा खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है। पैसा कमायो भने फर्केर अवश्य घर आउने छु। तपाईंको प्यारो छोरो पैसा कमाएर घर आउने छ।

बाध्यताले मलेसिया पलायन भएका रुकुम पश्चिमका यी दुई किशोरको कथाले अहिले सामाजिक संजाल तताएको छ । यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ। फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ।

उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो खिचिएको हो। गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको बताइएको छ।

उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन। स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए।

बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्। एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए। उनीहरू कुखुराको हेरचाह गर्ने, खाना खुवाउने काम गरिरहेका छन्। बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!