तपाईं सरकारमा जानैपर्छ,नभए ऐतिहासिक भुल हुनेछ,माधव नेपाललाई वामदेवको सुझाव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाउँदै आएका वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा भएको भेटमा गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । गौतमले नेपाललाई सरकारमा सहभागी हुन नसके गम्भीर भुल हुनेसमेत बताएका छन् ।

“अहिलेको सरकारमा माधव नेपाल पनि सामेल हुनुपर्छ । सामेल हुन सकिएन भने ऐतिहासिक भुल हुनेछ । प्रचण्डले सल्लाह नगरेर एक्लै काम गर्नुभयो, त्यो उहाँको आलोचनाको विषय हो । उहाँलाई त्यो ठाउँमा पुर्‍याउने साथीहरूसँग सम्मानजनक व्यवहार गर्नुभएन,” गौतमले भनेका छन् ।

तर, पनि नेपाल नेतृत्वको पार्टी सरकारमा जानैपर्ने उनको भनाइ छ । गौतमले संविधानलाई ट्र्याकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिएपनि माधव नेपालको महत्त्वपूर्ण रहेको बताए ।

“माधव नेपाल छुट्नुहँदैन । यसको मतलब प्रचण्डले उहाँलाई बोलाएर गठबन्धनमा लैजानुपर्छ,” उनले भने ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading