दोलखामा भैंसिले हानेर एक महिला गम्भिर घाईते, उपचारको लागि काठमाडौ लगियो

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखामा भैंसिले हानेर एक महिला गम्भिर घाईते भएकी छिन् ।

भैंसिले हानेर गम्भीर घाइते हुनेमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीकी कालिका भण्डारी आफैंले पालेको भैंसीले हानेर गम्भिर घाईते भएकी हुन् ।

आज दिउँसो भैसी सार्ने क्रममा उनलाई भैंसिले हानेको थियो । भैसिको सिङले उझिनेपछि उनी भुँईमा ढलेकी थिइन् । भुँइमा ढलिरहेकी श्रीमतिलाई उनका श्रीमान र छरछिमेकले तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम चरिकोटमा रहेको पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याएका थिए ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ । उनको शरीरबाट रगत धेरै गइसकेको र चोट निकै गहिरो देखिएकाले उनलाई काठमाडौं रिफर गरिएको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!