देउवालाई घाम तापेर बस्न सागर ढकालको सुझाव

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । मंसिर ४ गतेको निर्वाचनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग हारेर पनि जनताको मन जितेका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत खुसी हुँदै शुभकामना दिएका छन् ।

उनले नेपाली कांग्रेसका महामन्त्री र नव नियुक्त गृहमन्त्री रवि लामिछानेसंग खिचेको फोटो समेत पोस्ट गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवालाई ‘शेरबहादुर राणा’ भन्दै उनले लेखेका छन् ‘शेरबहादुर राणाको शासनबाट उन्मुक्ति पाएका हामी तीन । शेरबहादुरले ज्योतिषलाई विश्वास गरे, ज्योतिषले भगवानलाई। अत्याचार पाप गरेपछि भगवान् पनि रिसाए ।’

‘सागरले जिते सांसद मात्र हुने हो, मैले जिते प्रधानमन्त्री’ यो मिलेन, ढकालले देउवातर्फ इंगित गर्दै भनेका छन् ‘तपाईँले जीवनभर गरेका केही राम्रा कामका लागि धन्यवाद ।’

‘हाम्रा धेरै साथीहरूको योगदानले आज मेरा साथीहरू मन्त्री बनेर काम गर्दैछन्, ढकालले लेखेका छन् ‘तपाईँ हार्नु भयो हजुरबुबा, संन्यास लिनुस् । जाडो छ, घाम ताप्नुस् बस्नुस् ।’

‘आज मन्त्री, अबको ५ वर्षमा युवाबाट नयाँ प्रधानमन्त्री, ढकालले रवि लामिछानेलाई बधाई दिँदै लेखेका छन् ‘सबै नेपाली तयार बस्नु होला । अब देश बनाएरै छाड्ने हो । बधाई तथा शुभकामना रास्वपालाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!