देउवालाई ओलीले झुक्याए’- माधव नेपाल

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन् ।

देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको बताएका थिए । “केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि प्रचण्ड रिसाएर हिँडेछन् । ओलीले देउवालाई मैले प्रचण्डलाई समर्थन गर्दिनँ तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नुस् भनेर भनेछन् । देउवा मख्ख परे ।

प्रचण्ड बालुवाटारबाट गठबन्धन तोडियो भनेर हिँडेपछि पनि देउवालाई विश्वास थिएन । केपी ओलीको निवासमा हस्ताक्षर हुन थालेपछि देउवा झस्किए,” नेता नेपालले मंगलबार आफ्ना सांसदहरुलाई बधाई तथा शुभकामना दिने क्रममा यस्तो बताएका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!