प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे ६ बजे बस्ने भनिएको बैठक पौने ८ बजे सुरु भएको हो। पहिलो बैठकको एजेन्डा भने तय भएको छैन।

प्रचण्ड नेतृत्वको नयाँ सरकारले गर्ने पहिलो निर्णयलाई धेरैले चासोका साथ हेरिरहेका छन्। आज गठन गरिएको आठ सदस्यीय मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री छन्।

उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!