काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छोडदै छन् ।
आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छोड्न तयारी गरेका छन् ।
प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा तयारी भएका छन् । देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा हुनुहुन्छ । देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेकाले उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन ।
Discussion about this post