पुष्पकमल दाहाल ` प्रचण्ड ´ प्रधानमन्त्रीमा नियुक्त

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ` प्रचण्ड ´ प्रधानमन्त्रीमा नियुक्त भएका छन । १ सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रचण्डलाई नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी , जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह , किरण साह र डा. अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

प्रचण्डको शपथ ग्रहण भने पुस ११ गते ( भोलि ) मात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!