प्रचण्ड र देउवाले छोडेनन् प्रधानमन्त्रीमा दाबी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । आज पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि शनिबारको बैठक निष्कर्षमा पुग्न नसकेको हो । कार्कीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने र प्रधानमन्त्रीको टुंगो आज लाग्ने बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्षले चुनाव अघिदेखि कै गठबन्धन भएकाले अब आफ्नो पालो रहेको बताएका थिए । तर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा अहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने पार्टीको पनि चाहना रहेकाले आफूनै प्रधानमन्त्री बन्नु पर्ने बताएका थिए ।

देउवाले पार्टी भित्र शुरुवातमा कांग्रेसले नेतृत्व गर्न दबाब रहेको भन्दै त्यसपछि प्रचण्डलाई सरकारको नेतृत्व दिने बताए । देउवा र प्रचण्डले आ–आफ्नो दाबी नछोडेपछि अब सरकारको नेतृत्वको विषय आज टुंगाइने भएको छ ।

प्रधानमन्त्री नै को बन्ने भन्ने बारे नटुंगिएकोले राष्ट्रपति र सभामुखसहित अन्य पदका बारेमा स्पष्ट छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए ।यसअघि राष्ट्रपतिले संविधानको धारा ७६ को २ अन्तर्गतको सरकार निर्माणको दाबी पेश गर्ने समय आज साँझ ५ बजे सकिँदैछ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading