भाइरल बालगायक सचिन परियार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं । भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।

उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए । कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ ।

उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading