बोलेरो दुर्घटनामा परी उपचारको क्रममा दुरागाउँका वडा सदस्य सुनुवारको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं -१ का वडा सदस्यको मृत्यु भएको छ।

गत सनिवार लिखु तामाकोसी गाउँपालिका वडा नं- १ दुरागाउँबाट उमाकुण्ड लिग हेर्न भुजी जाँदै गर्दा बोलेरो दुर्घटनामा परी गम्भीर घाइते भएका वडा सदस्य बिमल सुनुवारको मृत्यु भएको हो।

दुरागाउँबाट भुजी जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो उमाकुण्ड गाउँपालिका वडा ७ भूजीको एकराते भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेका दुरागाउँका ३९ वर्षीय एमालेबाट निर्वाचित वडा सदस्य एवं एमाले निकट युवा सङ्घका नेता बिमल सुनुवारको उपचारको क्रममा वीरेन्द्र अस्पताल, छाउनीमा आइतबार राति मृत्यु भएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिनु भयो । 

सुनुवारको आजै पशुपति आर्यघाटमा ८ बजे दाहसंस्कार हुने वडाअध्यक्ष तामाङले बताउनु भयो ।

दुर्घटनामा परी लिखुतामाकोशी गाउँपालिका-१ कोटगाउँकी ३२ वर्षीया बिमला सुनुवार, २३ वर्षीया श्रृष्टी सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीया सीता कार्की, ३० वर्षीया मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दिपक सुनुवार र १९ वर्षीय सुजन भुजेलसमेत घाइते भएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएकालाई पनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको थियो। घाइतेमध्ये नेपाल भारत मैत्री अस्पतालमा बिमला सुनुवार, जोरपाटीस्थित अपाङ्ग हस्पिटलमा राजकुमार थापा र ट्रमा सेन्टरमा सृष्टि सुनुवार, नरेश खड्का, मनिता खड्काको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!