रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा बाघको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् ।
शनिबार बेलुकी शिवालयको जंगलमा पत्कर सोर्न जाने क्रममा गोकुलगंगा गाउँपालिका १ ढांडेका १७ वर्षीय शिवराम कार्कीलाई बाघले आक्रमण गरेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।
ढकालको जानकारी अनुसार बाघको आक्रमणमापरी गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पताल लगिएको र सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको बताउनु भयो ।
गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने गोकुलगंगा, जिरी र उमाकुण्ड क्षेत्रमा वर्षेनी मानिसलाई भालुले आक्रमण गर्दै आएकोमा यो पटक बाघले आक्रमण गरेको हो । कार्कीको अनुहार र खुट्टामा गम्भीर चोट पुगेकोे निरिक्षक ढकालले जानकारी दिनुभयो ।
Discussion about this post