गोरखा टेलिभिजनमा काम गरे बापत पारिश्रमिक नपाएको भन्दै श्रमजीवी पत्रकारहरु उत्रिए आन्दोलनमा

काठमाडौ । गोरखा टेलिभिजनमा काम गरे बापत पारिश्रमिक नै नपाएको भन्दै श्रमजीवी पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

गोरखा टेलिभिजनमा काम गरेर पनि पारिश्रमिक नपाएका श्रमजीवी पत्रकारहरु प्रकृति भाट, सरोज निरौला, अमृत पोखरेल, संगिता काफ्ले, सुष्मा खत्री लगायतले भुक्तानी रकम नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्  ।

यसअघि पनि त्यहा काम गरे बापत श्रमजीवी पत्रकारहरु पाउने रकम दिन पटकपटक अनुरोध गर्दा उक्त पत्रकारहरुको भुक्तानी नभएपछि संघ आन्दोलनमा उत्र्न बाध्य भएको हो ।

ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको यस गोर्खा टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित हुँदै आएको दुई टेलिभिजनले करिब ९,१० महिनादेखि हामी कर्मचारीको तलवभत्ता नदिदा हामि बिचल्ली अवस्थामा रहेका छौँ ।

व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीको राजिनामासँगै टेलिभिजन सञ्चालक तथा सिईओ तेजबिक्रम थापा रहेका छन् । चौधरी कार्यरत रहेको अवधिसम्म केही कर्मचारीलाई ब्यक्तिगत रुपमा पैसा दिएर केही कर्मचारीलाई आफ्नो कब्जामा राखी काम लगाएको भए पनि अन्य कर्मचारीहरले विगत ९,१० महिनादेखि तलब पाएका छैनन्। हामी अधिकांश कर्मचारी काठमाडौं बासी नभएर बाहिर क्षेत्रबाट आई कोठाभाडामा बसेर काम गरिरहेको सन्दर्भमा संस्थाले पारिश्रमिक नदिँदा खाने बस्नको लागि समस्या उत्पन्न भएको छ ।

हामी दुई टेलिभिजन गरि करिव दुई दर्जनभन्दा बढि कर्मचारी रहेका छौँ। हामीले व्यवस्थापन पक्षसँग पटक पटक तलव माग्दा झुलाउने सिवाय अरु केहि नभएको कारण हामी ट्रेड युनियन संगठन श्रमजीवी-पत्रकार संघ, नेपालको छातामुनि रहेर आजदेखि आन्दोलनमा आएका हौं ।

संगठनले हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाएर सञ्चालक तेज बिक्रम थापा सँग समस्या राख्दा मंसीर २० गते सम्मको समय मागेपछि पनि हाल सम्म सञ्चालकले कुनै वास्ता नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेका हौँ ।

निज थापाकै अध्यक्षतामा सञ्चालित यस सहकारी जहाँबाट ती दुई टेलिभिजन सञ्चालन हुँदै आएकाले यो सहकारीमा धर्ना र तालाबन्दी गर्न बाध्य भएका छौँ । हाम्रो माग जतिसक्दो चाँडो सम्वोधन गर्न माग गर्दै माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहने स्पष्ट गर्दछौं ।

सम्पूर्ण पीडित श्रमजीवीको तर्फबाट श्रमजीवी पत्रकार संघ नेपाल

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading