जुनी काट्ने मन छ ” गीतको भिडियो छायांकन सम्पन्न , छिट्टै सार्वजनिक हुँदै

रामेछाप अनलाइन रेडियो

निराज रानाभाट
काठमाडौं । चर्चित गायिका रचना रिमाल र चर्चित गायक प्रताप दासको आवाज रहेको नेपाली आधुनिक गीत “ जुनी काट्ने मन छ ” को म्युजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको छ ।

सबिन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा ख्याती प्राप्त मोडेल स्मारिका ढकाल , दिपेन खड्का र कमल प्रसाद शर्माको अभिनय रहेको छ ।

एम बि म्युजिक रेकर्डिङग् स्टुडियो , सामाखुसीमा रेकड भएको गीतमा ढुन्डी राज ढकालको शब्द , संगीत रहेको छ , भने एरेन्ज / मिक्सिङ बिपिन आचार्यको रहेको छ । जसमा निरज ओली रेकडिस्ट रहेका छन ।

मकवनपुर जिल्लाको विभिन्न रमणिय स्थानहरु छित्लाङ , कुलेखानीमा छायांकन गरिएको म्युजिक भिडियोमा अमृत सुनुवारले छायांकन गरेका छन ।

कोरियोग्राफी रबी सुनार र यम गुरुङले गरेका छन् , भने सह – निर्देशन बिकल क्षेत्री , स्रीङगार सुवास तिमल्सिन र सन्तोषी आचार्यको रहेको छन् । अशिस्टेन क्यामेराम्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।

गीत छिट्टै सार्वजनिक गरिने निर्देशक सबिन कुमार तोलाङगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!